अमरेशकुमारको टिप्पणी- बजेटलाई ‘बाहुबली’ विनियोजन विधेयक राखे हुन्छ – Nepal Press

अमरेशकुमारको टिप्पणी- बजेटलाई ‘बाहुबली’ विनियोजन विधेयक राखे हुन्छ

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई ‘बाहुबली’ विनियोजन विधेयक राख्नुपर्ने भन्दै टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले आगामी वर्षको बजेटलाई बाहुबली बजेटका रुपमा प्रस्तुत गरे हुने टिप्पणी गरे ।

उनले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताए । उनले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकको बताए । उनले अब सबै नेताहरुले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताए ।

उनले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे । उनले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताए । उनले मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गरे । सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताए ।

उनले बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने बताए । उनले कृषिको प्रतिफल समेत आउन नसकेको बताए ।

यस्तो छ सांसद सिंहको टिप्पणी:

आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु छन् । उनीहरुको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ । त्यसले देश विकास हुन सकेन । नेतालाई गाली गर्न उभिएको होइन । हामीले एउटा अठोट गरौं । आजसम्म देश बिग्रियो अब देश बिग्रिन नदिने ।

कानूनी शासनको मान्यता होस् । बजेट आवश्यकताको आधारमा विनियोजन होेस् । परियोजना बैंकको आधारमा बजेट विनियोजन गरौं । ठूलो नेताको आधारमा २ अर्ब बजेट राख्नै पर्यो । अहिलेसम्म देश पछाडि पर्नुको कारण अहिलेसम्म उचित ठाउँमा लगानी भएन । लगानीको प्रतिफल आउन सकेन ।

दिन प्रतिदिन सरकारमाथि नेपालीहरुको विश्वास गुमेको छ । बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने थियो । त्यो प्रतिफल आउन सकेको छैन । कृषिको प्रतिफल आउन सकेको छैन । त्यो विचौलीयालाई हुन्छ । कृषिमा एनजीको आवश्यकता छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर