मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति शाहले लिए शपथ – Nepal Press

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति शाहले लिए शपथ

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकूलपति प्रा. डा. अंकुर शाहले पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त उपकुलपति डा. साहलाई प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गराउँदै मुख्यमन्त्री यादवले उपकुलपतिको नियुक्तिपछि प्रतिष्ठानले गति लिने विश्वास ब्यक्त गरे । उनले स्वास्थ्य मन्त्रालयले एक नम्बरमा सिफारिस गरेकै योग्य व्यक्तिलाई आफुले नियुक्त गरेको बताए ।

शपथग्रहण समारोहमा सह–कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र कुमार सिंह, मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर , नीति तथा योजना आयोगको उपाध्यक्ष नाथु राम चौधरी, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर