दशौँ महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस, मूल व्यवस्थापन कमिटी संयोजकमा माधव नेपाल, कसलाई के जिम्मेवारी ? – Nepal Press

दशौँ महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस, मूल व्यवस्थापन कमिटी संयोजकमा माधव नेपाल, कसलाई के जिम्मेवारी ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।

आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न १३ वटा कमिटी गठन गरेको नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन अपानिमा उल्लेख गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १० औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । जसमा सचिव घनश्याम भुसाल रहेका छन् भने केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।

झलनाथ खनालको संयोजकत्वमा अतिथि सत्कार कमिटी गठन गरिएको छ जसमा २४ जना सदस्य छन् । उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, अर्का उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी गठन गरेको छ ।

रामचन्द्र झाको संयोजकत्वमा संस्कृति तथा कला साहित्य कमिटी, विजय पौडेलको संयोजकत्वमा जनपरिचालन तथा यातायात कमिटी, जगनाथ खतिवडाको संयोजकत्वमा प्रचार प्रसार कमिटी, नागेन्द्र चौधरीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन कमिटी,सावित्री भुसालको संयोजकत्वमा आवास व्यवस्थापन कमिटी , केदार संजेलको संयोजकत्वमा खाद्य व्यवस्थापन कमिटी गठन गरिएको छ ।

त्यस्तै गङ्गालाल तुलाधरको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन कमिटी, केशव कुमार बिस्टको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी र घनश्याम भुसालको संयोजकत्वमा सचिवालय कमिटी गठन गरिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले आइतबार अन्तरपार्टी निर्देशन अपानि १३ जारी गर्दै महाधिवेशनको तयारीकै रूपमा ‘सङ्गठन तथा सदस्यता विस्तार अभियान–२०८०’ सञ्चालन गरेको समेत जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर