संघमा अझै एउटा मन्त्री पठाउँछौं, प्रदेश र राजनीतिक नियुक्तिमा पनि भाग पाउँछौं : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने सहमति भइसकेको दाबी गरेका छन् ।
रौतहट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ गठबन्धनपछि पनर्गठन भएको सरकारमा अझै एउटा मन्त्री पाउने बताए ।
उनले भने, ‘नयाँ सन्दर्भमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । त्यहाँ हाम्रो पार्टी पनि सहभागी भएकाे छ । आ–आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन् । हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ । दुई वटा पठाएको छ । अर्को पनि हामी समयक्रममा पठाउनेछौं । अब प्रदेशमा पनि सरकारको पुनर्गठन हुन्छन् त्यहाँ पनि हामीले पनि त्यही हिसाबले पठाउँछौं । राजनीतिक नियुक्तिमा पनि हामीले मान्छे पठाउँछौं । त्यहाँ योग्य र सक्षम मान्छेलाई कुनै पूर्वाग्रह नराखि पठाउँछौं । हाम्रो पार्टीहरुले पनि नेकपा एसले अहिले सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढालाई पठाएको छ ।’
नेपालले सरकारमा रहेका मन्त्रीहरुलाई कानूनभित्र रहेर जनताको सेवामा लाग्न निर्देशन पनि दिए ।