मैले प्रधानमन्त्री पदलाई महत्व नदिँदा अर्को गठबन्धन बन्ने प्रयास बिफल भयो: माधव नेपाल (भिडिओ) – Nepal Press

मैले प्रधानमन्त्री पदलाई महत्व नदिँदा अर्को गठबन्धन बन्ने प्रयास बिफल भयो: माधव नेपाल (भिडिओ)

कम्युनिष्टभित्र पनि भ्रष्टाचारीलाई संरक्षण गरेर जोगाउने प्रवृत्ति देखिएको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले पदलाई प्राथमिकता नदिएको कारणले अर्को गठबन्धन बन्न नसकेको बताएका छन्।

रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनकारी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘यो सरकारले राम्रो काम गरोस्। हामी यो सरकारमा सामेल हुने शिलशिला सबैलाई थाहा छ। झण्डैझण्डै दुर्घटना भइसकेको थियो। हामीलाई बेलैमा सूचना नमिलेको हुनाले अर्के गठबन्धन बन्छ कि भन्ने आइसकेको छ। तर, हामीले पदलाई महत्व दिएनौं। जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन। हामी विकास निर्माण र सुशासनको पक्षमा छौं। हामी अहिले समाजवादी शक्तिहरु अगाडि बढ्ने लागेको छौं।

अहिले पनि कांग्रेसले संविधानको रक्षा गर्ने कुरालाई उचित ध्यान दिनुपर्ने बताए।

उनले थपे, पार्टीभित्र देखेको विसंगतिलाई नेतृत्वले व्यवस्थापन गर्नेपर्छ। कम्युनिष्टभित्र पनि भ्रष्टाचारीलाई संरक्षण गरेर जोगाउने प्रवृत्ति देखिएको छ। तर, त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ। हाम्रो पार्टी दशौं महाधिवेशनको तयारीमा छ। त्यो महाधिवेशनको लागि संगठन निर्माण र सदस्यता वितरणको काममा लागिरहेका छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर