सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमलाई सुझावसहित पूर्णता दिइयो (भिडिओ) – Nepal Press

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमलाई सुझावसहित पूर्णता दिइयो (भिडिओ)

काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलको बैठक बसेको छ ।

शुक्रबार बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो । कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।

साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको पौडेलले बताए ।

उनले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर