कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन : अर्थमन्त्री पुन – Nepal Press

कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नुको अर्थ नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको बताए ।

उनले भने, ‘उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको विषय होइन । राजनीतिक रुपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ । राजनीतिमा समीकरण परिवर्तन भइराख्छ । तर, जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक राख्नुपर्छ ।’

उनले गृहमन्त्री मात्रै नभएर ममाथि पनि आक्रमणको प्रयास भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर