रवि लामिछानेलाई गृहमन्त्री अस्वीकार गर्दै कांग्रेसको विरोध, प्रतिनिधिसभा बैठक स्थगित – Nepal Press

रवि लामिछानेलाई गृहमन्त्री अस्वीकार गर्दै कांग्रेसको विरोध, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेश गर्न नदिने अडान लिएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ।

आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर, त्यसमा कांग्रेसले अवरोध गरेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने हो कि प्रतिपक्षलाई सदन अवरोध गर्न बाध्य पारिएको हो। बाध्य पारिएको हो भने पनि त्यसो नगरियोस्। होइन भने प्रधानमन्त्रीको जवाफ नआएसम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ।’

कांग्रेसले विरोध जनाउँदै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेलाई गृहमन्त्री अस्वीकार गर्दै कांग्रेसको विरोध, प्रतिनिधिसभा बैठक स्थगित

  1. नैतिकहिन हरूले राजिनामा माग्दैमा कसैले दिन्छ ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर