योजना आयोगका चार सदस्यले दिए राजीनामा – Nepal Press

योजना आयोगका चार सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनमा फेरबदल भएसँगै उनीहरुले राजीनामा दिएका हुन् । डा. विच्छा, डा. बुढाथोकी र डा. ढुंगाना कांग्रेस निकट हुन् भने डा. राउत राष्ट्रिय जनमत पार्टी निकट हुन् । राउत जनमतका अध्यक्ष डा. सीके राउतका दाइ हुन् ।

अब रिक्त सदस्यमा नेकपा एमाले र रास्वपा सहभागी हुने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर