देश अधोगतिमा छ, सबै पार्टीभित्र धर्मले गडबड गर्दैछ : चित्रबहादुर केसी


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश जुनसुकै हिसाबले पनि अधोगतिमा भइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै एकजुट भएर राष्ट्रियताको रक्षमा जुट्नुपर्ने बताए ।
उनले भने, ‘देश जुनुजुन कारणले अधोगतिमा गएको छ त्यसको विरुद्धमा हामी संगठित हुनुपर्छ । आर्थिक, राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रको अवस्था कस्तो छ ? अहिले कति आएको छन् धर्मको लहर । पार्टीभित्रको गडबड हुनुको कारण पनि धर्मले कति काम गरेको छ । हिन्दूराज्य भनेर हिँडिरहेका छन् । इसाइकरण भइरहेको छ । त्यसैले सवैभन्दा पहिले हामीले संविधान बनाउँदा के लेखेका छौं । हाम्रो मूलुकको अवस्था के हो ? अर्थतन्त्र के हो ? त्यसलाई विचार गरेर बजेट बनाउनुपर्छ ।’
उनले सबै प्रधानमन्त्री र अर्थमन्त्री हुन नसक्ने भएकाले बजेट वितरण समान ढंगले हुनुपर्ने बताए ।