कार्यकक्षको ढोका थुनेर सुन तस्करी प्रतिवेदन पढेपछि रविले भेटे प्रधानमन्त्री, आईजीपीसँग छलफल – Nepal Press

कार्यकक्षको ढोका थुनेर सुन तस्करी प्रतिवेदन पढेपछि रविले भेटे प्रधानमन्त्री, आईजीपीसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनका लागि एक्सन थालेका छन् ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दबाबमा सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिवेदन बुझे लगत्तै मन्त्रालयमै आफ्नो कार्यकक्षमा ढोका थुनेर गृहमन्त्री लामिछानेले करिब २ घण्टासम्म प्रतिवेदन अध्ययन गरेका थिए ।

प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति अन्त गर्न गृहमन्त्रीले तत्कालै पहिले आफू अध्ययन गरेर कारबाही थालेको निकट स्रोतले जनाएको छ ।

प्रतिवेदन अध्ययन गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएका लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग छलफल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर