हामी असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं : राजेन्द्र पाण्डे – Nepal Press

हामी असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् ।

संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारबाट बाहिरिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।

‘मैले प्रधानमन्त्रीलाई स्पष्टै भनेको छु, तपाईंले बोलेका कुराहरु पूरा गर्नुभएन भने असार ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नू ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’

उनले प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसकिने दोहोर्‍याए ।


प्रतिक्रिया

One thought on “हामी असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं : राजेन्द्र पाण्डे

  1. यिनले पोहोर पनि बजेटमा भोट नदिने धम्की दिएर आफ्नो काम पट्याएका थिए । प्रचण्ड यिनलाई भेटन धादिङ नै जानु परेको थियो । यस्ता असुली गर्न धम्कि दिनेलाई पार्टीबाट निकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर