चैत २७ गतेलाई सर्‍यो राप्रपाको काठमाडौं केन्द्रित आन्दोलन (भिडिओ) – Nepal Press

चैत २७ गतेलाई सर्‍यो राप्रपाको काठमाडौं केन्द्रित आन्दोलन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन २७ गतेलाई सरेको छ ।

पार्टी कार्यालय धुम्बााराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एसईईका कारण काठमाडौं केन्द्रित जनप्रदर्शनसहितको आन्दोलन चैत २७ गते गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा विपक्षमा मत दिने निर्णय गरिएको उनले बताए ।

उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको जानकारी दिए ।

अध्यक्ष लिङदेनले पार्टी नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै थप अनुसन्धान गरी ४८ घण्टाभित्र प्रतिवेदन पेश गर्न अनुशासन समितिलाई निर्देशन दिइएको बताए ।

राप्रपाले इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी सहभागी हुने र उम्मेदवार छनोट गर्न सम्बन्धित क्षेत्रका अध्यक्षलाई सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर