पोखराका मेयर भन्छन्- हजुरबाको सम्पत्ति लिएर वडा बनाएको हो कि झैँ गरेर भाषण गरिराछन्

२०८० फागुन २८ गते ११:०८

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाध्यक्षप्रति आक्रोश व्यक्त गरेका छन् ।
महानगरपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर आचार्यले मेयर असफल भन्ने भाष्य बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘राम्रो काम गरे सबै वडा सफल, मेयर चाहिँ असफल यो भाष्य बन्दै छ,’ उनले भने, ‘हजुरबाको सम्पत्ति लिएर वडा बनाएको हो कि झैँ गरेर भाषण गरिराछन् । सरकारी नै होला नि लगानी त ।’
उनले थपे, ‘मेयरको कामले अपमानित हामी अपमानित भयौँ भन्ने पनि देखिराछौं । ल भन्नुस् त मैले एउटा मात्रै गलत काम कहाँ गरेको छु ।’
प्रतिक्रिया