मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सार्वजनिक – Nepal Press

मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । संघीय संसदले राष्ट्रिय सभाको अध्यक्षका लागि हुने निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।

जसअनुसार आज बिहान ११ देखि १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्ष पदमा पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दिने तालिका रहेको छ । त्यस्तै, आजै १ः३० बजे दर्ता भएका प्रस्तावको सूचना दर्ता क्रमानुसार सूची प्रकाशन गरिने तालिकामा उल्लेख छ ।

मंगलबार बिहान ११ः०९ बजेको राष्ट्रिय सभा बैठकमा उक्त प्रस्तावहरु निर्णयार्थ पेश हुने तालिका रहेको संघीय संसदका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर