अन्तिम वरीयताको उपप्रधानमन्त्री बन्न उपेन्द्र तयार, आजै शपथग्रहण हुँदै – Nepal Press

अन्तिम वरीयताको उपप्रधानमन्त्री बन्न उपेन्द्र तयार, आजै शपथग्रहण हुँदै

काठमाडौं । चार पटकभन्दा बढी उपप्रधानमन्त्री बनिसकेका जसपा अध्यक्ष उपेन्द्र यादव रवि लामिछानेभन्दा तलको अन्तिम वरीयतामा बस्न तयार भएका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेर सरकारमा जान लागेका यादवको आजै शपथग्रहण हुँदैछ ।

स्रोतका अनुसार उनले रघुवीर महासेठभन्दा माथि अर्थात् प्रधानमन्त्रीपछिको वरियता मागेका थिए । तर, दलको आकारअनुसार वरीयता निर्धारण गरिने भन्दै यादवलाई तेस्रो वरीयताको उपप्रधानमन्त्री बनाइएको हो ।

२०६५ सालदेखि लगातार मन्त्री र उपप्रधानमन्त्री भइरहेका यादव रवि लामिछानेभन्दा तलको वरीयतामा रहने भएका छन् । यसअघि नारायणकाजी रघुवीरभन्दा तलको वरियतामा गएको भनेर माओवादीमा आलोचना भइरहेको छ ।

त्यस्तै जसपाबाट मन्त्री बनेका नवलकिशोर साहको वरियता रास्वपाका विराजभक्त श्रेष्ठको भन्दा तल अर्थात् सबैभन्दा तल रहने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर