रन्जिताले बोलाइन् संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक – Nepal Press

रन्जिताले बोलाइन् संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक

कैलाली । नागरिक उन्मुक्ति पार्टीले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको छ ।

देशको बदलिँदो राजनैतिक अवस्था लगायत महत्त्वपूर्ण छलफल गर्ने भन्दै २८ गतेको लागी बैठक आह्वान गरिएको छ ।

निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई वैधानिकता नदिएपछि पहिलो पटक संस्थापक केन्द्रीय सदस्यको बैठक
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले आह्वान गरेकी हुन् ।

सुदूरपश्चिम सरकारमा नाउपा सहभागी भएसङ्गै पार्टी भित्र तीव्र असन्तुष्टि बढेको छ । हिजो काङ्ग्रेस नेतृत्वको सरकारमा नाउपाका तीन जनाले शपथ गरेका थिए ।

पार्टी केन्द्रीय नीति विपरीत उनीहरू सरकारमा गएको भन्दै पार्टी अध्यक्ष श्रेष्ठले फिर्ता हुन निर्देशन दिइसकेकी छन् । तर प्रदेशमा अहिले सम्म मन्त्री फिर्ता हुने वा समर्थन फिर्ता लिने बारे कुनै निर्णय भएको छैन ।

सरकार बाट फिर्ता नभर कारबाही गर्ने चेतावनी दिइएको थियो । यस्तो अवस्थामा आयोजना गरिएको संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर