कमल थापाको प्रश्न- १४ महिनामा ४ वटा गठबन्धन र ४३ जना मन्त्रीकै लागि राजसंस्था हटाएको ?


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरूको प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेकोप्रति असन्तुष्टि जनाउँदै १४ महिनामा ४ वटा गठबन्धन, ४३ जना मन्त्रीकै लागि राजसंस्था हटाएर लोकतन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरे।
उनले भनेका छन्, ‘१४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री। के यस्तै लोकतन्त्रको लागि हो राजसंस्था हटाएको ?’
यस्तै अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास हुन्छ ? को आउँछ लगानी गर्न ? उनको प्रश्न छ।
उनले थपेका छन्, ‘नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको छ। सधैँको लागि देश छोडेर जाने लहर बढेको छ। भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहरी राजनीतिबाट मुक्तिको निम्ति जनआन्दोलनको तयारी गरौँ।’