रास्वपाको प्रस्ताव- इलाम २ को निर्वाचनमा प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ – Nepal Press

रास्वपाको प्रस्ताव- इलाम २ को निर्वाचनमा प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने निर्वाचनमा सबै दललाई एक्ला एक्लै लड्न प्रस्ताव गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले चुनावमा प्रतिस्पर्धा गर्न सबै दललाई आग्रह गरेका हुन्।

उनले भने, ‘सदनमा सहकार्य गरौँ, निर्वाचनमा प्रतिस्पर्धा गरौँ। तर, हाम्रो संसदीय अभ्यासमा हिजोदेखि तपाईँहरूले के अभ्यास गर्नुभयो। सदनमा सधैँ प्रतिस्पर्धा गर्नुभयो तर निर्वाचनमा सहकार्य गर्नुभयो। जसले गर्दा लोकतन्त्रलाई पनि कमजोर बनाइदिनुभयो। एउटा दुखद् घटनाको कारणले इलाममा निर्वाचन हुँदै छ। हामी भन्न चाहन्छौँ त्यो निर्वाचनमा हामी प्रतिस्पर्धा गरौँ सहकार्य नगरौँ। हामी एक्लै प्रतिस्पर्धा गर्छौँ। र जित्छौँ पनि।’

एमालेका सांसद सुवास नेम्वाङको निधनपछि आगामी वैशाख १५ गते त्यहाँ निर्वाचन हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर