पार्टी अध्यक्षको वैधानिकता नपाएपछि रेशम चौधरीले लेखे- पार्टी सिध्याउने खेल, म मरेको छैन – Nepal Press

पार्टी अध्यक्षको वैधानिकता नपाएपछि रेशम चौधरीले लेखे- पार्टी सिध्याउने खेल, म मरेको छैन

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई पार्टीको अध्यक्षको वैधानिकता नदिएको प्रति कडा टिप्पणी गरेका छन् । उनले त्यसलाई पार्टी सिध्याउने खेल भएको बताएका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन’, उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’

दुई महिना पहिले कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । तर, आज निर्वाचन आयोगले आज उनलाई अध्यक्षको वैधानिकता दिएन र रन्जिता श्रेष्ठकै कार्यसमितिलाई सदर गरेको छ ।

अध्यक्षको वैधानिकता नपाएपछि रेशम चौधरीले पटक पटक न्याय मरे पनि आफू नमरेको टिप्पणी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर