कांग्रेसलाई माओवादीको प्रश्न- हामीले ०७ र ०१७ सालको घटनाको कुरा उठाएका छौँ र ? – Nepal Press

कांग्रेसलाई माओवादीको प्रश्न- हामीले ०७ र ०१७ सालको घटनाको कुरा उठाएका छौँ र ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी पूरा गर्नुपर्ने कार्यभार सबैको भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसको महासमिति बैठकबाट पारित दस्ताबेजमा जनयुद्धको अपमान गरेकोप्रति आपत्ति जनाए।

उनले भने- हामी धेरै अगाडि बढिसक्यौँ संविधान पनि बनायौँ। अब त्यो कोर्स हामी सबैले मिलेर पूरा गर्नु छ। यो बेलामा माओवादी हत्या हिंसाको चपेटामा परि आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्व पक्ष नै नरहेको तर बिना कारण हिंसात्मक द्वन्द्वबाट जनधन गुमाउन पीडित भनेर कांग्रेसको बैठकमा छलफल भएको छ। हामीले ०७ सालमा नेपाली कांग्रेसले बनाएको शान्ति सेना, क्रान्ति गर्ने सेनाको बारेमा प्रश्न उठाएका छैनौँ। ०१७ सालको घटनाको कुरा उठाएका छैनौँ। तर, हामीले जनयुद्ध आवश्यक भएर गरेका थियौँ र सहभागी भएका थियौँ तर, आज तपाईँहरूले पेस गरेको एउटै गठबन्धनमा भएको दललाई यो भाषा प्रयोग गर्न मिल्छ ?

उनले प्रधानमन्त्रीको उथलपुथल भइरहन्छ भन्ने शब्दबाट आतंकित हुनुपर्ने कारण नरहेको बताए।

उनले भने, प्रधानमन्त्रीलाई राजनीतिक बैइमानीको आरोप लगाउनुभएको छ। कुनै बेला गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। हामी सबैले सम्मान गर्छौँ। उहाँले ठिकै व्यक्ति छान्नुभएछ। यो देश सबै हिसाबले सम्हाल्नुस् भनेर जिम्मा लगाएको साँचो हो। उहाँले उथलपुथल शब्द प्रयोग गर्नुहुन्छ। कोही आतंकित हुनुपर्ने जरुरी छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर