मन्त्रिपरिषद् बैठक : रेखालाई नै प्रवक्ताको जिम्मेवारी


काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक भर्खरै सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ ।
त्यस्तै संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिएको छ ।
मन्त्री शर्मा यसअघि पनि सरकारको प्रवक्ताका रूपमा थिइन् । बैठकपछि शर्माले सरकारले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने उनले जानकारी दिइन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए भने हिजो विस्तार गरेका थिए ।