एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको अधिवेशनमा ४३४ प्रतिनिधि चयन – Nepal Press

एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको अधिवेशनमा ४३४ प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अधिवेशन फागुन २६ गते शनिवार आयोजना हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय तुलसलाल स्मृति प्रतिष्ठान च्यालनमा आयोजना हुने अधिवेशनको सबै तयारी पूरा भएको अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

विहीवार ए वान क्याफे शंखमुलमा आयोजित्र पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी दिदै श्रेष्ठले नयाँ नेतृत्वका लागि कुनै विवाद नरहेको बताए । उनका अन’सार अधिवेशनमा ८ वटा पालिकाबाट सदस्य संख्याको आधारमा ३०४ जना प्रतिनिधि सहभागी हुने छन् ।

अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट काठमाडौंमा बस्ने सदस्यमध्येबाट १११ जना प्रतिनिधि सहभागी हुनेछन् भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना सहभागी रहनेछन् ।

त्यस्तै आयोजक कमिटी,सल्लाहकार र जनवर्गीय संगठनबाट समेत गरेर जम्मा ४३४ प्रतिनिधिले अधिवेशनमा भाग लिने श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर