कांग्रेस संसदीय दलको बैठक जारी

२०८० फागुन २४ गते १०:४०

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ ।
बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा बैठक जारी छ । सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो पहिलो बैठकसमेत हो ।
कांग्रेसले संसदमा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने बताइएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।
प्रतिक्रिया