मन्त्री टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै – Nepal Press

मन्त्री टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौंं ।जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नयाँ गठबन्धन अर्थात् सरकारमा सहभागी हुने कि नहुने टुङ्गो लगाउने भएको छ ।

जसपाको आज केन्द्रीय कार्यकारिणी समितीको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । बैठकले सरकारमा सहभागी हुनेरनहुने कुनै एक निर्णय लिने कार्यकारिणी सदस्य विजय यादवले जानकारी दिए ।

स्रोतका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णयसंगै दुई मन्त्रीको पनि टुङ्गो लगाउनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव यो पटक मन्त्री बन्ने छैन् ।

संघमा जसपा १२ सांसद छन् । मधेशमा जसपाको नेतृत्व छ । मधेश सरकार चार वर्षकै लागि सुरक्षित रहने अबस्था नदेखेपछि जसपा सरकारमा जान नहुने अधिकांश कार्यकारिणी सदस्यको जोड थियो ।

तर जसपा नयाँ गठबन्धनमा सहभागी नभए मधेशमा सरकारको नेतृत्व जनमत पार्टीले पाउने सम्भावना छ । त्यसैले पनि अन्ततः जसपा सरकारमा सहभागी हुने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर