सत्ताकेन्द्रित चलखेलमा राप्रपा सहभागी हुँदैन : राजेन्द्र लिङ्देन (भिडिओ) – Nepal Press

सत्ताकेन्द्रित चलखेलमा राप्रपा सहभागी हुँदैन : राजेन्द्र लिङ्देन (भिडिओ)

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन् ।

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित वृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा उनले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ताकेन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन् ।

उनले पछिल्लो राजनीतिक घटना क्रमले आफूहरुको आन्दोलनको अनुकूल वातावरण बनेको जिकिर गरे । अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै विकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उनले बताए । उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राखे ।

अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर