देउवा पुग्नुअघि कांग्रेस नेता रमेश लेखक माधव नेपालकाे निवासमा

२०८० फागुन २३ गते ९:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखक नेकपा एसका अध्यक्ष माधव नेपालको निवासका पुगेका छन् । नेपाललाई भेट्न लेखक माधव निवास पुगेका हुन् । केहीबेरमा नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि आउँदैछन् ।
देउवाले मंगलबार साँझ नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए । यसअघि राति नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।
प्रचण्ड ओलीले भेटेको भोलिपल्टै नेपाललाई भेट्न देउवा जान लागेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर