माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

२०८० फागुन २२ गते १८:४९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा कोटेश्वर पुगेका छन् ।
नेपाल निवास कोटेश्वरमा भएको तीन नेताको भेटमा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।
नेपाल निवासमा जानुअघि प्रचण्ड, ओली र एमाले महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
हिजो पनि नेपाल निवास कोटेश्वरमा पुगेर प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए भने ओलीले फोन गरेर कुराकानी गरेका थिए ।
प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएपछि वामपन्थी एकताको पहल थालेका छन् ।
प्रतिक्रिया