कांग्रेसको निष्कर्ष- प्रचण्ड एमालेसँग गठबन्धन गर्न पहिल्यैदेखि सक्रिय रहेछन् – Nepal Press

कांग्रेसको निष्कर्ष- प्रचण्ड एमालेसँग गठबन्धन गर्न पहिल्यैदेखि सक्रिय रहेछन्

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो गृहकार्यपछि एमालेसँगको गठबन्धन गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँले यो गठबन्धन जारी रहन्छ, कुनै समस्या छैन भनिराख्नुभएको थियो । तर, अहिले गठबन्धन नरहेको निष्कर्षमा पुग्नुभएको छ । त्यसबाट उहाँहरु केही समयअघि देखि नै वैकल्पिक गठबन्धन निर्माणमा सक्रिय हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ । जुन विश्वासको जगमा हामीले काम गर्न खोजेका थियौं । कांग्रेसको एउटा ट्र्याक रेकर्ड छ । हामी विश्वासमा काम गरिसकेपछि दायाँबायाँ नगर्ने, धोखा नदिने रेडर्क छ । तर, यसलाई विश्वासघात गर्दै यो निर्णयमा पुग्नुभयो । पहिलो पटक होइन पछिल्लो आमनिर्वाचनपछि दोस्रो पटक । ’

अब कांग्रेसले सशक्त भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रवक्ता महतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर