रविलाई कांग्रेसले गर्‍याे प्रधानमन्त्रीकाे अफर – Nepal Press

रविलाई कांग्रेसले गर्‍याे प्रधानमन्त्रीकाे अफर

काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ ।

कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।

कांग्रेसकाे प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको अफर आएको स्वीकार गरेका छन् तर सो अफर स्वीकार भने नगरिएको बताएका छन् ।

कांग्रेसले यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि अघिल्लो वर्ष प्रधानमन्त्री प्रस्ताव गरेको थियो । प्रचण्डले बालकोट पुगेर प्रधानमन्त्री बनेपछि राप्रपालाई रोक्न कांग्रेसले अनौपचारिक प्रस्ताव गरेको थियो र त्यो कुरा लिङदेनले पनि स्वीकार गरेका थिए ।

तर यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि बढाएका भने छैनन् ।


प्रतिक्रिया

2 thoughts on “रविलाई कांग्रेसले गर्‍याे प्रधानमन्त्रीकाे अफर

  1. देश र जनता भाँडमा जावस्, सत्ता मोह जागेको छ छ….यो तृष्णा कहिले सम्म…?! यो नेपाली जनताको भाग्य भविष्य बनाउन लागीएको मूल एजेण्डा हो।🤔🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर