चारदलीय गठबन्धनलाई समर्थन गर्दै वामदेवले भने- नेकपा विभाजन महाभूल थियो भन्ने पुष्टि भयो


काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नयाँ गठबन्धनलाई आफ्नो समर्थन रहेको बताएका छन् ।
राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको उल्लेख गरेका छन् । वक्तव्यमार्फत् गौतमले चारदलीय गठबन्धनलाई समर्थन गर्नुका पछाडि ६ वटा कारण प्रस्तुत गरेका छन् ।
जुन यसप्रकार छ-
१) कम्युनिष्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुइ विपरित तत्वको प्रतिनिधित्व गर्दछन् । अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ ।
२) अब नेपाली कांग्रेस पार्टी बीपी कोइरालाको राजनीतिक लाइनमा हिंड्छ होला ।
३) सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलो अन्त्य हुन्छ होला ।
४) अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने छन् ।
५) २०७७ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ ।
६) हाम्रो सिदा लप्पनछप्पनविनाको आशा र विश्वास यही नै हो । तर, हाम्रो आशा बमोजिम भएन भने पनि पश्चाताप गर्न पर्ने छैन ।
राष्ट्रियसभा अध्यक्ष हुने आश छकी न ? गल्ति गर्ने रुदै बस्ने त होनी !