देउवानिवासमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै – Nepal Press

देउवानिवासमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ ।

कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावि बाटोको विषयमा छलफल हुने बताइएको छ ।

कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेसको व्यवस्था छ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडे लगत्तै सोमवार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए । सो बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नगर्ने र प्रधानमन्त्री दाहालले धोका दिएको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर