राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : वर्षमान पुन – Nepal Press

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन बनेको बताएका छन् ।

चार दलबीच भएको सहमतिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी काम गर्न नसकेको र राजनीतिक स्थायित्व पनि हुन नसक्ने देखेर नयाँ गठबन्धन बनाउनुपरेको जनाएका छन् ।

नयाँ गठबन्धनका लागि केही समयदेखि निरन्तर खटिएका नेतामा पर्ने पुनले अहिले चार दलबीच भएको सहमति सार्वजनिक भइसकेको र अब सरकारमा सहभागी हुने अन्य दलसँग सहमति गरेर मात्रै अगाडि बढ्ने बताए ।

‘अहिले सानो आकारमा मन्त्रीमण्डल बनेको छ, अन्य दलसँग बसेपछि मात्रै अन्य सबै विषय टुंगो लाग्छ, अहिले मन्त्रालय तय भएको छैन, सरकारले डेलिभरी दिने विषयलाई ध्यानमा राखेर नयाँ गठबन्धन बनाएको हो ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर