प्रतिनिधि सभा बैठक स्थगित – Nepal Press

प्रतिनिधि सभा बैठक स्थगित

काठमडौं । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका नेताहरुलाई फोन गरेर बैठक स्थगित गर्नेबारे परामर्श गरेका थिए ।

संसद सचिवालयले विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको जनाएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएकाे थियाे ।

दलहरु पछिल्लो परिस्थितिका कारण व्यस्त रहेपछि बैठक बस्न नसकेको हो । आजको बैठकमा टीआरसी विधेयक पेश गर्ने कार्यतालिका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर