रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’ – Nepal Press

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।

हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।

‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ ।’

रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।

रविले निकटस्थ नेताहरूलाई आफू सरकारमा जाने जानकारी गराएका छन् । पार्टीको अर्को बैठक आजै बसेर औपचारिक निर्णय लिने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर