सुरेन्द्र पाण्डेको दाबी- आजै सरकार परिवर्तन हुन्छ

२०८० फागुन २१ गते ९:३९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ समीकरणसहित सरकार गठन हुने दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ लिने दाबी गरेका छन् ।
आइतबारदेखि बदलिएको राजनीतिक परिवेशले सत्ता गठबन्धन फेरिने दलहरुले संकेत गरेका छन् । सबै पार्टीहरुले सोमबार बिहानै आआफ्नो पार्टीमा छलफल गरेका छन् ।
प्रतिक्रिया