बालकोटमा एमाले सचिवालय बैठक जारी

२०८० फागुन २१ गते ७:४९

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।
राति आकस्मिक रूपमा बिहान सचिवालय बैठक आह्वान गरिएको हुँदा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया