म्यान्चेस्टर डर्वीमा सिटीको जित – Nepal Press

म्यान्चेस्टर डर्वीमा सिटीको जित

काठमाडौं । इङलिस प्रीमियर लिग अन्तरगत आइताबार राति भएको म्यान्चेस्टर डर्वीमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।

म्यान्चेस्टर सिटीको जितले लिग लिडर लिभरपुलसँगको दूरी एक अंकमा आइपुगेको छ । दुई छिमेकी क्लबबीच भएको खेलको पहिलो अग्रता भने खेलको आठौं मिनेटमा युनाइटेडले लिएको थियो ।

युनाइटेडको लागि रास्फोर्डले गोल गर्दै टीमलाइ सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० को अग्रतामा कायम रहेको युनाइटेडले दोश्रो हाफको ५६ औं मिनेटमा गोल खान पुग्यो । सिटीलाई बराबरीमा ल्याउन फोडेनले गोल गरे । खेलको ८० औं मिनेटमा फोडेनले पुन: गोल गर्दै सिटीलाई २-१ को अवस्थामा लगे । खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा हाल्यान्ड ले गोल गर्दै सिटिलाई ३-१ को सहज जित दिलाए ।

खेलपछी सिटीको २७ खेलबाट ६२ अंक पुगेको छ र लिभरपुलभन्दा एक अंक कम हुँदै दोश्रो स्थानमा छ । युनाइटेड भने ४४ अंकसहित लिगको छैठौं स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २-० गोलले पराजित गरेको छ ।

लिगमा २७ खेलबाट ६३ अंक सहित लिभरपुर पहिलो स्थानमा हुँदा समान खेल खेलेको सिटी ६२ अंकसहित दोश्रो, एक खेल कम खेलेको आर्सनल ५८ अंक सहित तेश्रो, २७ खेल खेलेको एस्टन भिल्ला ५५ अंकसहित चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर