कास्कीमा ६ महिनामा मोडिफाइ गरी चलाएका ६८१ मोटरसाइकल कारबाहीमा – Nepal Press

कास्कीमा ६ महिनामा मोडिफाइ गरी चलाएका ६८१ मोटरसाइकल कारबाहीमा

पोखरा । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन (मोडिफाइ) गरी चलाउने ६८१ मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेका छन् । प्रहरीले भदौ २५ देखि हालसम्म मोडिफाइ गरी चलाउने ६८१ मोटरसाइकललाई कारबाही गरेको हो ।

मोडिफाइ गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगो निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको कास्कीमा प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मोटरसाइकललाई ७ लाख ४२ हजार ७०० रुपैयाँ जरिवाना गराइएको एसपी थापाले बताए ।

स्वरूप परिवर्तन गरेका मोटरसाइकलमध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागि यातायात कार्यालय कास्कीमा पठाउने गरेको उनको भनाइ छ ।

‘पहिलो पटक परेकाहरूलाई मोडीफाइ गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाई छोड्ने गरेका छौं’, एसपी थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर