वीरेन्द्रनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु – Nepal Press

वीरेन्द्रनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर-६ गोदाम लाईनमा रहेको नौलो होटलको पहिलो तलाको छतबाट खसेर दैलेख नौमुले गाउँपालिका-८ चौराठा खतेनाका दिप चन्दको मृत्यु भएको हो ।

शनिवार राति ५१ वर्षीय चन्द छतबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घरको पहिलो तलाबाट दुई घरको बिचमा खाली रहेको ठाउँमा खसेको अवस्थामा शव भेटिएको जानकारी दिए ।

आइतबार बिहान चन्द मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर