कांग्रेसका ४ राष्ट्रियसभा सांसद बिदा हुँदै, प्रभावकारी भूमिका निर्वाह गरेको दाबी – Nepal Press

कांग्रेसका ४ राष्ट्रियसभा सांसद बिदा हुँदै, प्रभावकारी भूमिका निर्वाह गरेको दाबी

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

आज मध्यरातबाट कार्यकाल सकिने राष्ट्रियसभा सांसदहरूमा नेपाली कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी ४ जना छन् ।

६ वर्षे कार्यकाल पूरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रायमाझीले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनि प्रभावकारी भूमिका निर्वाह गरेको बताए । सरकारले समयमा नै विधेयकहरू नल्याउँदा कानून निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।

सरकारले ल्याएका विधेकहरूलाई राष्ट्रियसभा संसदीय दलले आन्तरिक छलफल गरी आवश्यकताअनुसार संशोधन पनि दर्ता गरेको उनको भनाइ छ । संक्रमणकालीन न्याय, निजामती ऐनलगायत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउँदा दुःख लागेको उनले सुनाए ।

राष्ट्रियसभा संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर