कर्णालीमा महिला सम्मेलनको तयारी


सुर्खेत । कर्णाली राजधानी वीरेन्द्रनगरमा पहिलोपटक महिला सम्मेलन हुने भएको छ । ११४ औं श्रमिक महिला दिवसको पूर्व सन्धामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा महिला सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, महिला नेत्री, आमा समूह र वडा समितिका अगुवा महिलाहरु सहभागी आयोजक वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
सम्मेलनको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने प्रमुख ढकालले बताइन् । उनका अनुसार नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेका महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान गरिने बताइन् ।
उक्त सम्मेलनमा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुको समेत सहभागिता रहने छ ।
सम्मेलनमा घोषणापत्र पनि जारी गर्ने कार्यक्रम तय गरिएको प्रमुख ढकालले जनाइन् ।