गठबन्धन कुनै बेला पनि टुट्न सक्छ : विष्णु पौडेल – Nepal Press

गठबन्धन कुनै बेला पनि टुट्न सक्छ : विष्णु पौडेल

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग उनले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने बताए । गठबन्धनभित्रको तमासा देखिरहेको तर त्यसमा चासो नराखेको उनले बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन टुट्नुपर्छ । त्यसपछि हेरौँ न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर