एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य – Nepal Press

एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख२० हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि २० रुपैयाले बढेको छ । शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको परेको हो । केहीदिन यता सुनकाे मूल्य बढ्न थालेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर