राष्ट्रियसभा अध्यक्षसहित २० सांसद आजबाट बिदा हुँदै
राष्ट्रियसभा सदस्य रहेका २ राज्यमन्त्रीको कार्यकाल पनि सकिँदै


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र २ राज्यमन्त्रीसहित २० सांसदको कार्यकाल आजबाट सकिँदै छ ।
आज मध्यरातबाट अध्यक्ष तिमिल्सिनासहित पहिलो पटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदहरू बिदाइ हुने भएका हुन् ।
कार्यकाल सकिने सांसदहरूमा नेपाली कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी रहेका छन् ।
यस्तै नेकपा एमालेका इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् ।
नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी बिदा हुँदा जनता समाजवादी पार्टी (जसपा) का प्रमीला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाई र सिङ्गबहादुर विश्वकर्मा, स्वतन्त्र डा. खिमलाल देवकोटा तथा र मनोनीत डा. रहेका छन् ।
प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन् । बिदा भएका मध्ये १९ सिटका लागि गत माघ १४ गते निर्वाचन भइसकेको छ । एकजना भने राष्टपतिले मनोनीत गर्नेछन् ।