मेसी र स्वारेज चम्कँदा मियामीको सहज जित


काठमाडौं । कप्तान लियोनल मेसी र उनका समकालीन लुइस स्वारेज नायक बन्दा इन्टर मियामी अमेरिकी मेजर सकर लिग (एमएलएस)मा ५-० ले विजयी भएको छ ।
आइतबार बिहान भएको खेलमा मियामिले ओर्लान्डो सिटीलाई ५-० ले पराजित गरेको हो । खेलमा मेसी र स्वारेज दुबैले समान २-२ गोल गरेका हुन्
खेलमा मियामिले चौथो मिनेटमा स्वारेजको गोलबाट अग्रता हासिल गरेको थियो । ११ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाइ २-० को अग्रता दिलाएका थिए । मियामिकै टेलरले २९ मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई ३-० को अग्रता दिलाएका थिए ।
दोश्रो हाफको ५७ र ६२ मिनेटमा कप्तान मेसीले लगातार गोल गरेपछि मियामिले सानदार जित हासिल गरेको हो । जितपछि मियामी लिगको पहिलो स्थानमा उक्लँदा सिटी १२ औं स्थानमा रहेको छ ।