बालेनकाे दाबी- नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले आक्रमण गरेपछि प्रतिरक्षा गरिएकाे हाे – Nepal Press

बालेनकाे दाबी- नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले आक्रमण गरेपछि प्रतिरक्षा गरिएकाे हाे

'नगर प्रहरीसँग झडपमा संलग्न महिला फुटपाथ व्यापारी हाेइनन्, एमाले कार्यकर्ता हुन्'

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडक व्यापारीमाथि अनाधिकृत रूपमा बल प्रयोग गरेकाे आराेपकाे मेयर बालेन्द्र साहले प्रतिवाद गरेका छन् ।

नगर प्रहरीसितकाे झडपमा संलग्न महिला सडक व्यापारी नभएर एमाले कार्यकर्ता भएकाे उनकाे दावी छ ।

सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै बालेनले नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले सुरूमा आक्रमण गरेकाे आराेपसमेत लगाएका छन् ।

उनले लेखेका छन्, ‘…हाम्राे नगर प्रहरीले प्रहरीकाे अधिकार प्रयाेग गरेकाे हाेइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारकाे प्रयाेग गरेका हुन् । तपाईंले हेर्नुभएकाे भिडिओ दाेस्राे हाफ हाे, पहिलाे हाफलाई राष्ट्रिय सरकारले मेटाएकाे छ ।’

उनले केही घाइते प्रहरीकाे तस्विरसमेत सार्वजनिक गरेका छन् ।

‘यी तस्विर तपाईंले खाेज्नुहुन्न र छाप्नुहुन्न,’ बालेनले लेखेका छन् ।


प्रतिक्रिया

4 thoughts on “बालेनकाे दाबी- नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले आक्रमण गरेपछि प्रतिरक्षा गरिएकाे हाे

  1. तिम्रा सेना पुटपाथमा व्यापारी लखेटन आउँदैछन् भनेर एमालेका कार्यकर्तालाई पहिले नै घोषणा गरेका थियौ ? एमालेका कार्यकर्ताले कुटाइ खाए भनिदिएपछि ठगबन्धनकाले बालेनले ठिक गरे भन्छन भनेर कुटाई खाने एमालेका कार्यकर्ता हुन भनेर हावा कुरा गर्ने ? व्यापारी कुनै पनि पार्टीको समर्थक हुन सक्दैन र ? बालेन पनि हावा हुन थालेछन् ।

  2. व्यापारी कुनै पनि पार्टीको समर्थक हुन सक्दैन र ?

  3. सड़क पेटी त पैदल यात्रुको लागी हो, ब्यापार गर्ने थलो भ्रष्टाचारी पार्टी र नेताहरुले बनाए। महानगरले राम्रो कामको थालनी सुरू गर्यो, बधाई छ युवा मेयरको टीम लाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर