एनसेल प्रकरणमा देउवा र प्रचण्डको परिवार कसैको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा
एनसेल प्रकरणको छानबिनका लागि समिति गठन गरिने
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको बताएकी छन् ।
उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा सरकारको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै यस विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुने बताइन् । विज्ञप्ति सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री देउवाका परिवारका सदस्यहरुको संलग्नताका विषयमा मिडियामा आएका समाचारहरुमा सत्यता नरहेको मन्त्री शर्माले जानकारी गराइन् ।
‘बाहिर मिडियामा आउने कुरा र आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो । गठबन्धनका अन्य नेताहरु पनि हुनुहुन्थ्यो । प्रधानमन्त्रीले दुबईबाट आउनेबित्तिकै छानबिनका लागि निर्देशन दिइसक्नुभएको छ’, मन्त्री शर्माले भनिन्, ‘यस प्रकरणमा सरकारले लिएको डिसिजन राम्रो भएको भन्दै गठबन्धनका नेताहरुले पनि समर्थन गर्नुभएको छ । यदि त्यस्तो केही संलग्नता थियो यस्तो निर्णय गरिने थिएन होला ।’
उनले समितिमा को को रहनेबारे आगामी मन्त्रिपरिषदको बैठकले निर्णय गरिने पनि बताइन् ।
भाउजू र छोरीको त पक्कै छ ।
संलग्न हुन तिमीलाई सोध्दथे ? नसोधेकाले छैन भनेको ? कुनै छानबिन गरेर भनेको हो ? त्यसै छैन भन्ने ? न छ कि ? निष्पक्ष आयोग बनाउ, सरकारबाट गठबन्धन हट । छानबिन गर्दा नपाए अनि होईन रहेछ भनेर पत्याउँला । हामीलाई त प्रचण्ड सरकार र गठबन्धनको ध्यान यस्तै पैसा कुम्ल्याउने कुरामा भन्दा अरूमा छैन भन्नेमा पूर्ण विश्वास छ ।