झलनाथ खनालसँग चिनियाँ राजदूतको भेट – Nepal Press

झलनाथ खनालसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङको भेटवार्ता भएको छ ।

आइतबार बिहान खनाललाई भेट्न राजदूत सङ डल्लुस्थित निवासमा पुगेका थिए ।

भेटवार्ताका क्रममा दुई देशबीच आपसी हित एवं द्विपक्षीय चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर