गृह मन्त्रालयबाट ७ जना सहसचिव बाहिरिँदा ६ जना भित्रिए – Nepal Press

गृह मन्त्रालयबाट ७ जना सहसचिव बाहिरिँदा ६ जना भित्रिए

काठमाडौं । सरकारले ७१ जना सहसचिव सरुवा गर्दा गृह मन्त्रालय अन्तर्गत कार्यरत सात जना सहसचिव बाहिरिदाँ ६ जना भित्रिएका छन् ।

सरुवा सूची अनुसार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा भएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

यस्तै प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सरुवा भएको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयमा नै फाजिलमा रहेका विपीन आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा हुदाँ अर्का फाजिलमा रहेका दीपककुमार पहाडीको भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत नारायणप्रसाद अर्याल र मन्त्रालमै अतिरिक्त समूहमा रहेका सहसचिव स्किम श्रेष्ठ, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत भरत खनाल, अर्थ मन्त्रालयमा कार्यरत आनन्द काफ्ले, अर्थ मन्त्रालय मधेश प्रदेशमा रहेका प्रेमप्रसाद भट्टराई, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भोला दाहाल गृह मन्त्रालय तानिएका छन् ।

मन्त्रालयमा तानिएका सहसचिवलाई मन्त्रालयले आवश्यकताका आधारमा मन्त्रालय, विभाग वा प्रमुख जिल्ला अधिकारीमा खटाउनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *